

श्रीलंकाविरुद्ध भारत २१३ रनमा अलआउट

काठमाडौं – एसिया कप क्रिकेटको सुपर अन्तर्गत भारतले श्रीलंकालाई २ सय १४ रनको लक्ष्य दिएको छ ।
श्रीलंकाको आर प्रेमदासा क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको भारतले ४९ दशमलब १ ओभरमा अलआउट हुदै २ सय १३ रन बनायो ।
भारतका लागि कप्तान समेत रहेका ओपनर रोहित शर्माले ५३ रनको अर्धशतकीय ईनिङ खेले । शुभमन गिल १९, केएल राहुल ३९ तथा किशनले ३३ रन बनाएका थिए ।
श्रीलंकाका लागि दुनिथले ५ विकेट लिएका थिए । चरिथ असलंकाले ४ विकेट लिएका थिए । अहिले श्रीलंकाले जवाफी व्याटिङ गर्दैछ ।

