मधेश प्रदेशसभा सदस्य यादवको निधन


जनकपुरधाम – मधेश प्रदेशसभा सदस्य एवं जनता समाजवादी पार्टीकी केन्द्रीय सदस्य बिन्दु कुमारी यादवको निधन भएको छ ।

४४ वर्षीया यादवको आज बिहान साढे ८ बजे निधन भएको हो ।

महोत्तरी घर भएकी उनलाई जसपाले समानुपातिक सांसद बनाएको थियो ।

क्यान्सर रोगबाट पीडित सांसद यादवको आज बिहान निधन भएको हो । सांसद यादवको निधनमा जसपाका नेताहरूले दुःख व्यक्त गरेका छन् ।

प्रतिक्रिया