

भारत र पाकिस्तानबीचको खेल आज हुन सकेन, बाँकी खेल भोलि हुने

काठमाडौं – एशिया कप अन्तर्गत सुपर फोर अन्तर्गतको भारत र पाकिस्तानबीचको आजको खेल बर्षाले रोकिएको छ । श्रीलंकाको कोलम्बोस्थित आर प्रेमदासा स्टेडियममा निरन्तर वर्षा भएपछि आजको खेल रोकिएको हो ।
यस खेलमा रिजर्भ डे राखिएकोले अब बाँकी खेल भोलि हुने भएको छ । आज रोकिएको खेलबाट नै खेलले भोलि निरन्तरता पाउने छ । आजको खेलमा टस हारेर पहिला ब्याटिंग गरिरहेको भारतले २४.१ ओभरमा २ विकेट गुमाउदै १४७ रन बनाएपछि खेल रोकिएको थियो ।
भारतका लागि अहिले केएल राहुल १७ र विराट कोहली ८ रन बनाएर खेलिरहेका छन् । यस अघि भारतका कप्तान रोहित शर्माले ५६ र शुभमन गीलले ५८ रन बनाएर आउट भएका थिए । त्यस्तै पाकिस्तानका बलर शाहिन शाह अफ्रिदी र शडाब खानले एक एक विकेट लिएका थिए ।

