स्वदेश फर्कन हिडेका महिला क्रिकेट टिम मलेसियाको एयरपोर्टमा अलपत्र


काठमाडौं – नेपाली महिला क्रिकेट टिम मलेसियाको एयरपोर्टमा अलपत्र परेको छ । स्वदेश फर्कन लागेको नेपाली महिला टिमको टिकटमा समस्या भएका कारण एयरपोर्टमा अलपत्र परेको छ ।

मलेसियाको समय अनुसार बेलुकी ६ बजेको हिमालय एयरलाइन्सको टिकट रहे पनि प्राविधिक कारणले भन्दै हिमालय एयरलाइन्सले राति ३ बजेका लागि सारेको छ । टिकेट अनुसार नेपाली टिम होटलको चेक आउट टाइमै निस्किएर छिट्टै विमानस्थल पुगेका थिए । जसका कारण विमानस्थलमा पुगेका महिला क्रिकेटरहरुले १२–१३ घण्टा त्यही बिताउनु पर्ने भएको छ ।

प्रतिक्रिया