एसिया कपः आज भारत र पाकिस्तान भिड्दै


काठमाडौं — एसिया कपमा आज भारत र पाकिस्तान खेल्दै छन्।

श्रीलंकाको कोलम्बोस्थित आर प्रेमदासा स्टेडियममा नेपाली समय अनुसार आज अपराह्न सवा तीन बजेदेखि खेल सुरू हुनेछ।

भारत—पाकिस्तानको आजको खेल सुपर फोर अन्तर्गतको खेल हो। आजको खेल पूरा ओभर खेलाउनका लागि ‘रिजर्भ डे’ राखिएको छ।

यसअघि समूह चरणमा भारत(पाकिस्तानबीचको खेल वर्षाका कारण रद्द भएको थियो।

प्रतिक्रिया