महेन्द्र यादवमाथिको सांघातिक आक्रमणबारे सदनलाई जानकारी गराउन सभामुखको रुलिङ


काठमाडौं – सभामुख देवराज घिमिरेले नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथिको आक्रमणको सम्बन्धमा सदनलाई जानकारी गराउन रुलिङ गरेका छन् ।

बिहीबार प्रतिनिधि सभाको शून्य र विशेष समयमा बोल्दै सांसदहरुले यादवमाथीको सांघाति आक्रमण र कान्ती बाल अस्पतालमा उपचार नपाएर मृत्यु वरण गर्नुपरेको घटनाका सम्बन्धमा सरकारको ध्यानाकर्षण गराएपछि सभामुख घिमिरेले सदनलाई जानकारी गराउन सरकारलाई निर्देश गरेका हुन् ।

बुधबार भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लबमा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागी भएर निकिस्ने क्रममा नेता यादवमाथि धारिलो हतियार प्रहार भएको थियो । प्रहरीका अनुसार अन्तरक्रिया कार्यक्रममै सहभागी ४७ वर्षीय श्यामबहादुर सापकोटाले सहमहामन्त्री यादव क्लबबाट निस्किना साथ पछाडिबाट धारिलो हतियार हानेका थिए ।

उपचारका लागि कान्ती अस्पताल लगिएकी बालिका रेजिशा गोपालीको निधन भएको थियो । खर्च नभएको कारण देखाएर बालिकालाई दुई घण्टासम्म चिकित्सकले नहेर्दा उनको इमर्जेन्सी कक्षमै निधन भएको बताइन्छ ।

प्रतिक्रिया