

सुनको मूल्य तीन सय रुपैयाँले घट्यो

काठमाडौँ – नेपाली बजारमा सुनको मूल्य घटेको छ ।
आज सुनको मूल्य तोलामा तीन सय रुपैयाँले र चाँदी तोलामा २० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा एक लाख १२ हजार ७ सय रुपैयाँ रहेको छ ।
यस्तै, आज चाँदी तोलामा एक हजार चार सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

