


सन्दीप लामिछानेको मुद्दा न्यायाधीश शकुन्तला कार्कीको इजलासमा

काठमाडौं – क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको पेसी काठमाडौं जिल्ला अदालतकी न्यायाधीश शुकन्तला कार्कीको इजलासमा सुनुवाई हुने भएको छ ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश कार्कीको इजलासमा क्रमसङ्ख्या ३ मा पेसी तोकिएको छ ।
भदौ २१ गते अन्तिम सुनुवाइ हुने भनिए पनि सन्दीपविरुद्धको मुद्दा धेरै पछाडि रहेको छ । कार्कीको इजलासमा पहिलो मुद्दा सजाय निर्धारणको छ भने त्यसपछि हेर्दाहेर्दैमा रहेको चोरी मुद्दा पनि उनकै इजलासमा रहेको छ ।
त्यसपछि जालसाजी, लेनदेन र लागु औषधको मुद्दा पनि कार्कीको इजलासमा परेको कारण बिहीबार पनि उक्त मुद्दामा सुनुवाइ हुने सम्भावना न्यून छ ।
यसअघि भदौ १० गते नै उक्त मुद्दाको अन्तिम सुनुवाइ भनिए पनि हेर्न नभ्याइनेमा परेको थियो ।

