

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ – मन्त्रिपरिषद् आकस्मिक बैठक आज बस्दै छ । आज अपराह्न तीन बस्न लागेको बैठकले संघीय निजामती सेवा विधेयकलाई संसदमा पठाउने निर्णय गर्ने सम्भावना रहेको छ ।
विधेयक समितिमा दफावार छलफल सकिएसँगै आज हुने छलफलमा थप टुङ्गिन बाँकी एक आध विषयमा छलफल गरेर समितिले आज मन्त्रिपरिषदमा पठाउन सक्ने एक अधिकारीले बताए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी मन्त्रिपरिषद् बैठकबाट सङ्घीय निजामती सेवा विधेयक स्वीकृत गर्दै संसदमा पठाउने यसअघि नै बताएका थिए ।
विधेयक प्रतिनिधि सभामा दर्ता भएपछि आवश्यक छलफल हुने र ऐन निर्माणको प्रक्रियामा जाने छ ।
यस अघिसमेत सङ्घीय निजामती सेवा विधेयक संसदमा दर्ता भए पनि पछि फिर्ता भएको थियो । अझै पनि कर्मचारी भित्रै थुप्रै असहमति रहेकोले सहजै पास हुने सम्भावना भने न्यून नै देखिन्छ । सिङ्गो कर्मचारी सङ्गठन भन्दा पनि एक–आध व्यक्तिको इन्ट्रेस्टमा जोड बल हुने गरेकोले पनि लामो समयसम्म ऐन आउन नसकेको हो ।

