२० मिनेट रोकिएपछि पाकिस्तान र बंगलादेशबीचको खेल सुचारु


काठमाडौं – अवरुद्ध भएको एशिया कपको सुपर चार अन्तर्गत पाकिस्तान र बंगलादेशबीचको खेल सुचारु भएको छ ।

पाकिस्तानको लाहोरस्थित गद्धाफी स्टेडियमको फ्लड लाइट बिग्रेपछि केहि बेर खेल रोकिएको थियो । स्टेडियमको एक फ्लड लाइट अचानक बन्द भएपछि करिब २० मिनेट खेल रोकिएको थियो । फ्लड लाइट बनेसँगै अहिले खेल सुचारु भएको छ ।

बंगलादेशले दिएको १९४ रनको लक्ष्य पछाएको पाकिस्तानले यो समाचार तयार गरुन्जेल ६ ओभरमा कुनै विकेट नगुमाएर २१ रन बनाएको छ ।

प्रतिक्रिया