नाइजेरियामा सैन्य हवाइजहाज दुर्घटनाग्रस्त, विमानमा सवार ७ जनाको मृत्यु 


अबुजा – नाइजेरियाको राजधानी अबुजाको विमानस्थलमा आइतबार सैनिक विमान दुर्घटना भएको छ ।

राजधानी अबुजाको विमानस्थलमा आइतबार भएको सैनिक विमान दुर्घटनामा चालक दलका सदस्यसहित ७ सैनिक अधिकारीको मृत्यु भएको नायजेरियाली सेनाले पुष्टि गरेको छ ।

यस अघि उड्डयन मन्त्री हदी सिरिकाले विमान दुर्घटनाको पुष्टि गरे पनि विमानमा यात्रारत व्यक्तिको विवरणबारे केही बताएका थिएन । उनले भने, ‘सैनिक विमान किङ एअर ३५० अबुजाबाट मिएनाका लागि छुट्दासाथ अबुजा विमानस्थल नजिकै दुर्घटनाग्रस्त भएको छ ।’

सिरिकाले हामी शान्त रही सेनाको अनुसन्धानको नतिजाको लागि पर्खनु पर्छ भन्दै सबैलाई मृतात्माको शान्तिका लागि प्रार्थना गर्न आग्रह गरेका थिए ।

प्रतिक्रिया