

भारतसँग पराजित हुँदै समुह चरणबाटै बाहिरियो नेपाल

काठमाडौं – नेपाल साफ यू– १६ च्याम्पियनसिपको समूह चरणबाटै बाहिरिएको छ ।
बुधबार भुटानमा भएको समूह चरणको अन्तिम तथा महत्वपूर्ण खेलमा भारतसँग १-० गोलले पराजित भएसँगै नेपाल समूह चरणबाटै बाहिरिएको हो ।
नेपालविरुद्धको जितमा भारतका अर्बासले ३३ मिनेटमा गरेको गोल निर्णायक बन्यो । नेपाल यसअघि समूहको पहिलो खेलमा बंगलादेशसँग पनि १-० गोलले पराजित भएको थियो।
यो समूहबाट भारत र बंगलादेश अन्तिम चारमा पुगेका छन् । नेपाल भने दुवै खेल हार्दै घर फर्कन बाध्य भयो ।

