श्रीलंकाले अफगानिस्तानलाई दियो २९२ रनको लक्ष्य


काठमाडौं – श्रीलंकाले अफगानिस्तानलाई २९२ रनको लक्ष्य दिएको छ । एशिया कपको समुह बि अन्तर्गतको खेलमा श्रीलंकाले टस जितेर पहिला ब्याटिंग गर्दै ५० ओभरमा ८ विकेट गुमाएर २९१ रन बनाएको हो ।

श्रीलंकाका लागि कुशल मेन्डीसले सर्बाधिक ९२ रन बनाएका थिए भने पथुम निस्सन्काले ४१, चरिथ असलंकाले ३६, डिमुथ करुनारत्नेले ३२, डुनिथ वेल्लालागेले ३३ र महीश थीक्सनाले २८ रन बनाएका थिए ।

त्यसैगरीअफगानिस्तानका बलर गुलबदीन नैबले सर्बाधिक ४ विकेट लिए भने राशिद खानले २ तथा मुजीब उर रहमानले एक विकेट लिएका थिए ।

श्रीलंकाले यो खेल जितेमा सुपर चारमा पुग्ने छ भने समुह बि मा रहेको बंगलादेश पनि सुपर चारमा पुग्ने छ । तर अफगानिस्तानले यो खेल जितेमा भने नेट रनरेटको आधारमा यस समुहबाट दुई देश सुपर चारमा जाने छन् ।

प्रतिक्रिया