सिप्तुङ्खाको ‘प्रेमको लालपुर्जा’ उपन्यास लोकार्पण


काठमाडौं – उपन्यासकार दिलु सिप्तुङ्खा राईद्वारा लिखित उपन्यास ‘प्रेमको लालपुर्जा’ को लोकार्पण गरिएको छ । आइतबार राजधानीमा आयोजित एक कार्यक्रमबीच उक्त उपन्यासको नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले लोकार्पण गरेका हुन् ।

कार्यक्रम सहयात्री दर्पण नेपालका अध्यक्ष गोबिन्द कडेल आँसुको अध्यक्षतामा सप्पन्न भएको थियो । लोकार्पित कृतिको सम्पादन पनि कँडेलले नै गरेका थिए ।

कार्यक्रममा समालोचक तर्कना शर्माले ‘प्रेमको लालपुर्जा’ माथि समीक्षात्मक मन्तव्य राखेका थिए । कार्यक्रममा राष्ट्रियसभाका सांसद अगम वान्तवा, राधेश्याम लेकाली, डा. देवी दुलाल, पदम राई, उपन्यासकार दिलु सिप्तुङ्खा राई र संचारकर्मी मनुका कुवरलगायतले बोलेका थिए ।

कार्यक्रममा उपन्यासकार दिलु सिप्तुङ्खा राईलाई सम्मान पनि गरिएको थियो । उक्त अवसरमा साहित्यकारहरु डम्बर पहाडी, नन्दु उप्रेती, पुरु लम्साल, दुर्गा तिवारी आदिको उपस्थिति रहेको थियो ।

कार्यक्रममा पत्रकार भगवती तिमल्सिना र चर्चित हास्य कलाकार गोपाल ढकाल (छन्दे) लाई नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले सम्मान गरेका थिए ।

प्रतिक्रिया