नेपाली क्रिकेट टिम भोली नेपाल फर्कँदै


काठमाडौं — नेपाली क्रिकेट टोली भोली नेपाल आउने भएको छ । एसिया कपको पहिलो सहभागितामा समूह चरणबाट बाहिरिएको नेपाली राष्ट्रिय क्रिकेट टिम सोमबारको खेलपछि (भोली) बुधबार नेपाल फर्किने भएको हो ।

नेपाली टिम बुधबार दिउँसो १२ः३५ मा श्रीलंकन एयलाइन्सबाट नेपाल आउने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।

एसिया कपमा पहिलो पटक छनोट भएको नेपाली टिमले प्रतियोगिताको दुवै खेलमा हार व्यहोरेको छ ।

प्रतियोगिताको समूह ‘ए’ मा नेपालले भारत र पाकिस्तानसँग प्रतिस्पर्धाको अवसर पाएको थियो । तर, नेपालले पहिलो खेलमा पाकिस्तानसँग २३८ र दोस्रो खेलमा भारतसँग १० विकेटको हार व्यहोर्‍यो ।

नेपालले प्रतियोगिताको पहिलो खेल पाकिस्तानको मुल्तानमा र दोस्रो खेल श्रीलंकाको क्यान्डीमा खेलेको थियो ।

प्रतिक्रिया