

नेपालबाट थप बिजुली किन्ने प्रस्ताव भारतीय मन्त्रिपरिषदबाट स्वीकृत

काठमाडाैं – भारतको मन्त्रिपरिषद्ले नेपालबाट १० वर्षमा १० हजार मेगावाट बिजुली किन्ने प्रस्ताव स्वीकृत गरेको छ।
भारतका लागि नेपाली राजदूत शंकर शर्माले हालै बसेको भारतीय मन्त्रिपरिषदको बैठकले उक्त प्रस्ताव स्वीकृत गरेको जानकारी दिए।
भारतीय मन्त्रिपरिषद्को निर्णयसँगै अब नेपालबाट बिजुली ल्याउने विषयमा थप अध्ययन र गृहकार्य हुने राजदूत शर्माले बताए ।
नेपालले अहिले बर्खामा भारतीय बजारमा बिजुली बेचिरहेको छ भने हिउँदो समयमा भारतबाट बिजुली किनिरहेको छ।

