

भारतविरुद्धको खेलमा आशिफ शेखको अर्धशतक

काठमाडौं – एसिया कप क्रिकेटअन्तर्गत भारतविरुद्धको खेलमा नेपालका आशिफ शेखले अर्धशतक प्रहार गरेका छन् ।
श्रीलंकाको पालेकेले रंगशालामा भइरहेको खेलको ओपनर आशिफले २७।२ ओभरको समाप्तिमा अर्धशतक प्रहार गरेका हुन् । उननले ८८ बलमा ७ चौकाको मद्दतमा ५० रन जोडेका हुन् ।
२७।२ ओभरको समाप्तिमा नेपालले ४ विकेटको क्षतिमा ११३ रन जोडेको छ । खेल जारी छ ।

