
भारतविरुद्ध नेपालको उत्कृष्ट सुरुवात, १० ओभरमा बनायो ६५ रन
काठमाडौं – भारतसँगको खेलमा नेपालले उत्कृष्ट सुरुवात गरेको छ ।
टस हारेर पहिलो ब्याटिङ गरेको नेपालका कुशल भुर्तेल र आशिफ शेखले उत्कृष्ट सुरुवात दिलाएका हुन् ।
नेपालले १० ओभरमा एक विकेट ७० रन बनाएर खेलिरहेको छ ।
नेपालका लागि भुर्तेलले २५ बलमा २ छक्का र ४ चाैकासहित ३८ रन बनाएर आउट भए । आशिफले २३ रन बनाएका छन् । भीम सार्की भर्खर आएका छन् ।



कागजपत्र |
