नेपाल-भारतको खेल हेर्न महानगरका अत्यावश्यकबाहेक सम्पूर्ण सेवा बन्द


वीरगञ्ज – नेपाल–भारतबीचको खेल हेर्न वीरगन्ज महानगरपालिकाले कार्यालय पनि बन्द गरेको छ ।

वीरगन्ज महानगरपालिका नगर कार्यपालिकाको कार्यालयले आज सोमबार एसिया कप २०२३ अन्तर्गत भइरहेको नेपाल र भारतबीचको प्रतिस्पर्धा हेर्नका निमित्त वीरगन्ज महानगरपालिकाको अत्यावश्यकबाहेकका सम्पूर्ण सेवा दिउँसो २ बजेदेखि बन्द गर्ने जानकारी गराएको हो ।

यसअघि महानगरअन्तर्गतको शैक्षिक प्रशासन महाशाखाले दिउँसो २ बजेदेखि सम्पूर्ण सामुदायिक र संस्थागत विद्यालयमा पठनपाठन बन्द गर्न निर्देशन दिएको थियो ।

प्रतिक्रिया