


संसदमा हरि ढकालको आक्रोश : खेलाडीलाई एउटा क्रिकेट स्टेडियम छैन, मुख्यमन्त्रीलाई सुत्न आलिसान दरबार

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले नेपालमा राम्रो खेल मैलानसमेत नभएको भन्दै नेपाली खेलाडीहरुको आर्थिक दुरावस्थाबारे सरकारमाथी आक्रोश पोखेका छन् ।
आज (सोमबार) बसेका प्रतिनिधिसभाको बैठकमा बोल्दै नेपाली खेलाडीका लागी कुर्नपनि खेलको राम्रो खेलमैदान नहुनु दुखद रहेको बताएका हुन् । प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्ने क्रममा उनले अहिलेसम्म नेपालको खेल क्षेत्र खेलाडी र उनका अभिभावकको बलबुताले टिकेको बताए।
‘नेपालको खेल इतिहास र खेल क्षेत्र जोगाएको छ भने त्यो खेलाडीको बलबुता र अभिभावले गर्दा हो। भारतसँग हाम्रा खेलाडी उत्रिँदै गर्दा हाम्रा खेलाडीको हालत के छरु’, उनले भने, ‘भारतीय खलाडीको अवस्था कस्तो छरु उनीहरुसामु हाम्रा खेलाडी कसरी खेलिरहेका छन्रु सरकारले यसबारे कहिले सोचेको छरु’
उनले खेलाडीको विभिन्न देशका खेलाडीको तलव सुविधा र उनीहरुलाई राज्यले दिएको स्थानका कारेमा चर्चा गर्दै यो तथ्यांक प्रस्तुत गर्दा लाजलाई पनि लाज लाग्नुपर्ने हो भन्दै सरकारमाथि व्यंग्य गरे ।
‘क्रिकेटहरुबारेमा नेताहरुको भाषण सुन्दै गर्दा, शुभकामना दिँदै गर्दा जनताले खिसीट्युरी गरिरहेका छन्। किन नगरुन् तरु’, उनले भने, ‘यही हालतले गर्दा हो। एउटा अन्तर्राष्ट्रिय स्टेडियममा लाइट हाल्दैन, स्टेडियम बनाउँदैन सरकार। बनाउँछ त भैंसेपाटीतिर मुख्यमन्त्रीलाई सुत्न आलिशान महल, भब्य दरबार।’
ढकालले यतिका दशक बितिसक्दा पनि स्टेडियम बनाउन नसक्ने तर मुख्यमन्त्रीलाई सुत्न दरबार बनाउने भन्दै सरकारमाथि पटक पटक प्रहार गरे।

