एक खेलअघि नै नेपाल सेमिफाइनलमा

आईसीसी वुमन्स टी–२० विश्वकप छनोटः काजलको विस्फोटक ब्याटिङसँगै कतारविरुद्ध ९ विकेटले विजयी


काठमाडौं – नेपाल आईसीसी वुमन्स टी–२० विश्वकप एसिया छनोटको सेमिफाइनल प्रवेश गरेको छ । समूह चरणको चौथो खेलमा कतारसँग शानदार जित हात पार्दै नेपाल एक खेल खेल्नु अघि नै सेमिफाइनल प्रवेश गरेको हो ।

नेपालले अहिलेसम्म खेलेका चारवटै खेलमा जित हात पार्दै सेमिफाइनल प्रवेश गरेको हो । नेपालले कतारविरुद्धको खेलमा ९ विकेटको जित हात पार्दै सेमिफाइनल प्रवेश गरेको हो । नेपालले ७४ रनको लक्ष्य केबल १०.३ ओभरमा पूरा गरेको थियो ।

नेपालले समूहचरणको चौथो खेलमा कतारलाई टस जितेर ब्याटिङका निम्तो दिएको थियो । निर्धारित २० ओभरमा ७ विकेट गुमाएर कतारले नेपाललाई ७४ रन बनाउँदै ७५ रनको लक्ष्य दिएको थियो ।

७५ रनको लक्ष्यसहित मैदानमा उत्रिएको नेपालका लागि ओपनर काजल श्रेष्ठ र सीता रानामगरको उत्कृष्ट सुरुवातीले जित हात पारेको हो । यी दुईबीच पहिलो विकेटका लागि ४७ रनको साझेदारी भएको थियो ।

काजलले २८ बलमा विस्फोटक ३२ रन बनाउँदै आउट भएपछि मैदान पवेश गरेकी इन्दु बर्माले पनि विस्फोटक पारी खेल्दै नेपाललाई जित दिलाएकी हुन् । सीताले १७ रन बनाइन् भने इन्दुले २० रन बनाइन् । इन्दुले १२ बलमा २० रन बनाइन् भने सीताले १७ रन बनाउँदा २३ बलकाे सामना गरिन् ।

कतारका लागि सबिता अजियारीले १ विकेट हात पारिन् ।

त्यसअघि कतारका लागि साची डादवालले सर्वाधिक २१ रन बनाउँदा ओपनर एलिना खानले १५ तथा कप्तान आयशाले १० रन जोडिन् ।

एन्जेलाइन मरे १४ रनमा अविजित रहिन् ।

नेपालका लागि किफायती बलिङसमेत गरेकी इन्दुले ४ ओभरमा १० रन मात्र खर्चेर ३ विकेट लिइन् । उनले १७औं ओभरको तेस्रो, पाँचौ र छैटौं बलमा विकेट लिएकी थिइन् । पुजा महतो र कविता जोशीले समान एक/एक विकेट लिए ।

यसअघि लगातार तीन खेल जितिसकेको नेपालले यो खेल जितेमा यूएईसँग समूहको अन्तिम खेल खेल्नुअघि नै सेमिफाइनलमा स्थान पक्का गर्नेछ ।

 

प्रतिक्रिया