
नेपालले कतारविरुद्ध जितका लागि पायो ७५ रनको लक्ष्य, नेपालको उत्कृष्ट सुरूवात
काठमाडौं – आईसीसी वुमन्स टी–२० विश्वकप एसिया छनोटको तेस्रो खेलमा नेपालले जितका लागि ७५ रनको लक्ष्य पाएको छ ।
मलेसियाको युकेएम वाईएसडी क्रिकेट ओभलमा नेपालले टस जितेर कतारलाई पहिले ब्याटिङको निम्तो दिएको थियो । जहाँ कतारले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ७४ रन बनायो ।
कतारले दिएको उक्त रन लक्ष्य पछ्याउने क्रममा नेपालले उत्कृष्ट सुरुवात गरेको छ । नेपालले अहिले ७ ओभरमा १ विकेट गुमाएर ४७ रन बनाइसकेको छ ।
नेपालका लागि ओपनर काजल श्रेष्ठ २८ बलमा ३२ रन बनाउँदै आउट भएकी छिन् । अहिले मैदानमा सिता रानामगर र इन्दु बर्माले ब्याटिङ गरिरहेका छन् ।
कतारका लागि साची डादवालले सर्वाधिक २१ रन बनाउँदा ओपनर एलिना खानले १५ तथा कप्तान आयशाले १० रन जोडिन् ।
एन्जेलाइन मरे १४ रनमा अविजित रहिन् ।
नेपालका लागि किफायती बलिङसमेत गरेकी इन्दुले ४ ओभरमा १० रन मात्र खर्चेर ३ विकेट लिइन् । उनले १७औं ओभरको तेस्रो, पाँचौ र छैटौं बलम विकेट लिएकी थिइन् । पुजा महतो र कविता जोशीले समान एकरएक विकेट लिए ।
यसअघि लगातार तीन खेल जितिसकेको नेपालले यो खेल जितेमा यूएईसँग समूहको अन्तिम खेल खेल्नुअघि नै सेमिफाइनलमा स्थान पक्का गर्नेछ ।



कागजपत्र |
