

गोसाइँकुण्ड मेलामा ३ लाख २८ हजार भेटी संकलन

काठमाडौं – धार्मिकस्थल गोसाइँकुण्डमा जनैपूर्णिमाका अवसरमा लागेको मेलामा ३ लाख २८ हजार रुपैयाँ भेटी संकलन गरेको छ। गोसाइँकुण्ड क्षेत्र विकास समितिका अनुसार १० दिनसम्म चलेको मेलामा ३ लाख २८ हजार ५१ रुपैयाँ भेटी संकलन भएको हो।
मेलामा करिब १५ हजार तीर्थयात्रीले मेला भरेका समितिले जनाएको छ। रसुवाको पर्यटकीय तथा पवित्र धार्मिक तीर्थस्थल गोसाइँकुण्डमा जनैपूर्णिमा र गगांदशहरा गरी वर्षको दुई पटक तीर्थयात्रीले मेला भर्ने गरेका छन्।

