भुटानविरुद्ध नेपाल बलियो अवस्थामा, २६ रन बनाउँदा भुटानले गुमायो ५ विकेट


काठमाडौं – आईसीसी वुमन्स टी–२० विश्वकप एसिया छनोटको समूह चरणको तेस्रो खेलमा नेपालले भुटानविरुद्ध टस जितेर बलिङ गरिरहेको छ ।

नेपालकी कप्तान रुबिना क्षेत्रीले टस जितेर भुटानलाई ब्याटिङको निम्तो दिएकी हुन् । पछिल्लो अपडेटअनुसार भुटानले पहिले ब्याटिङ गर्दै १४ ओभरमा ५ विकेट गुमाएर २६ रन बनाएर खेलिरहेको छ ।

नेपालका लागि पूजा महतोले २ विकेट लिइसकेकी छिन् । नेपालको लागि आज रुबी पोदारले डेब्यु गरेकी छन् ।

 

प्रतिक्रिया