

एमाले कर्मकाण्डी पार्टी होइन : ओली

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले कर्मकाण्डी पार्टी नभएको दाबी गरेका छन्। आज पार्टीको लुम्बिनी प्रदेशको अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सो कुरा बताएका हुन्।
अरु पार्टीको जस्तो अधिवेशनका लागि अधिवेशन आफ्नो पार्टीमा नहुने उनले बताए। ‘नेकपा एमाले कर्मकाण्ड होइन। महान उद्देश्यहरुतर्फ फर्किएको छ। ती उद्देश्यहरु यस पार्टीले गर्ने छ। गरिआएको छ। यसको काँधमा अरु पार्टीजस्तो जसरी भएपनि सरकार बनाउँ, सरकारमा पुगौं र टिकौं भन्ने होइन,’ ओलीले भने।
उनले एमालेको सरकार ढाल्न नसकेर अदालतमा गएर ढालेको आरोप लगाउँदै वामपन्थीको खोल ओढेकाहरूले दक्षिणपन्थीसँग मिलेर एमालेको सरकार ढालेको आरोप लगाए । उनले प्रचण्डले हिंसा छोडे पनि विप्लवलाई शान्ति प्रक्रियामा ल्याएको, सिके राउतलाई राजनीतिको मूलधारमा एमालेले ल्याएको बताए । अध्यक्ष ओली आफू प्रधानमन्त्री भएको बेला संविधानको सर्वस्वीकार्यता गराउने काम, देशको गुमेको भाग नक्सामा समेटेर भारतलाई पत्राचार गरेको उल्लेख गरे ।

