

बर्षाले रोकिएको भारत र पाकिस्तानबीचको खेल सुचारू
भारतको खराब शुरुवात

काठमाडौं – बर्षाले रोकिएको एशिया कप अन्तर्गतको भारत र पाकिस्तान बिचको खेल फेरी शुरु भएको छ । टस जितेर पहिला ब्याटिंग गरिरहेको भारतले ४.२ ओभरमा कुनै विकेट नगुमाएर १५ रन बनाएको अवस्थामा वर्षा भएपछि खेल रोकिएको थियो ।
खेल सुचारु भएसँगै भारतलाई पहिलो झट्का लागेको छ । ११ रन बनाएर खेलिरहेका कप्तान रोहित ११ रन बनाएर आउट भएका छन् । यो समाचार तयार गरुन्जेल भारतले ५ ओभरमा एक विकेट गुमाएर १५ रन बनाएको छ ।
समुह ए अन्तर्गत पाकिस्तानले पहिलो खेलमा नेपाललाई पराजति गरेको थियो भने भारतले पहिलो खेल खेल्दै छ । समुह ए को अन्तिम खेल सोमबार नेपाल र भारतबीच हुदै छ ।
पाकिस्तानविरुद्ध भारतको खराब शुरुवात
भारतले एशिया कप अन्तर्गत समुह ए को खेलमा पाकिस्तानविरुद्ध खराब शुरुवात गरेको छ ।
टस जितेर पहिला ब्याटिंग गरेको भारतले १० ओभरमा आफ्ना प्रमुख तीन ब्याट्सम्यान गुमाएको छ । ओपनर रोहित शर्मा ११, विराट कोहली ४ र श्रेयस अय्यर १४ रन बनाएर आउट भएका छन् ।
पाकिस्तानका लागि शाहीन शाह अफ्रिदीले रोहित र विराटलाई आउट गरेका छन् भने हरीस राउफले अय्यरको विकेट लिएका छन् । १० ओभरसम्मको खेलमा भारतले ३ विकेट गुमाएर ४८ रन बनाएको छ ।

