पारस खड्का बागमती प्रदेश क्रिकेट संघको अध्यक्ष निर्वाचित


काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा निर्वाचित भएका छन् ।

आज (शुक्रबार) भएको निर्वाचनमा प्रतिस्पर्धी उमेश पियालाई पछि पार्दै पारस अध्यक्ष निर्वाचित भएका हुन् । उनले २३ मत पाए भने उनका प्रत्यासी पियाले १४ मत पाएका थिए ।

१३ सदस्यीय कार्यसमितिमा पारससहित उनको टिमबाट १२ जना चयन भएका छन् ।

प्रतिक्रिया