

दक्षिण अफ्रिकाको एक भवनमा आगलागी हुँदा ७० जनाकाे मृत्यु

काठमाडौं – दक्षिण अफ्रिकामा आगलागीमा परेर कम्तिमा ७० जनाभन्दा बढीको मृत्यु भएको छ ।
दक्षिण अफ्रिकी सहर जोहानेसबर्गको एक पाँच तले आप्रवासी भवनमा आगलागी हुँदा ७० भन्दा बढीको मृत्यु भएको र ५० जना घाइते भएका छन् ।
भवनबाट शवहरु निकालिरहेको बताइएको छ । आगलागी के कारणले भयो भन्ने खुलिसकेको छैन ।

