

पूर्वप्रधानमन्त्री डा. भट्टराई दिल्ली प्रस्थान

काठमाडौं – पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई स्वास्थ्य उपचारका लागि भारतको नयाँ दिल्ली गएका छन् ।
नेपाल एयरलाइन्सको जहाजमार्फत बिहान साढे ११ बजे भट्टराई दिल्ली प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ ।
पेटमा समस्या देखिएपछि लामो समयदेखि काठमाडौँको निदान अस्पतालमा उनको स्वस्थ्य परीक्षण तथा उपचार भइरहेको थियो ।
न्यूरो–इन्डोक्राइनको ट्युमर भएको आशंकामा चिकित्सकको सल्लाह तथा सिफारिसअनुसार दिल्लीस्थित ‘इन्स्टिच्युट अफ लिभर एन्ड बिलिअरी साइन्सेस’मा उपचार गराउनु हुने भट्टराईका प्रेस सल्लाहकार विश्वदीप पाण्डेले जानकारी दिए ।
भट्टराईसँग श्रीमती हिसिला यमी र प्रेस सल्लाहकार पाण्डे दिल्ली गएका छन् ।

