चीनले जारी गरेको नक्साप्रति बालेनको आपत्ति, चीन भ्रमण नजाने निर्णय


काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले चीनले हालै प्रकाशित नक्साको विरोध गर्दै चीनको भ्रमण रद्ध गर्ने निर्णय गरेका छन् ।

सामाजिक सञ्जाल मार्फत् मेयर बालेनले २०७७ सालमा नेपालले निकालेको चुच्चे नक्सालाई हटाएर चीनले बुच्चे नक्सामा परिणत गरेकोमा विरोध जनाउँदै चीनको निमन्त्रणमा जान लागेको ५ दिने भ्रमण नैतिकताको आधारमा नजाने निर्णय गरेको बताएका छन् ,

उनले सामाजिक सञ्जाल फेसबुकमा लेख्छन्, ‘हामी नेपालले  २०७७ साल जेठ ७ मा लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नयाँ चुच्चे नक्सा निकालेका थियौ ।

केही दिन पहिले चीनको प्राकृतिक स्रोत मन्त्रालयले उक्त स्थानलाई हटाएर पहिलेको बुच्चे नक्सालाई कायम गरेर नेपालको  नक्सा सार्वजनिक गरेको छ ।

नेपाली भूभागलाई  चीनले  नेपाललाई नै नसोधी भारतको देखाउनु हाम्रो  संवेदनशीलतामाथि चालेको गलत कदम मानेका  छौ ।

 त्यसैले आज मेरो, चीनको निमन्त्रणामा हुदैगरेको ५ दिने भ्रमण नैतिकताको आधारमा नजाने निर्णय गरेको छु ।

 

प्रतिक्रिया