

नेपालले गुमायो तेस्रो विकेट, आसिफ पनि आउट

काठमाडौं – नेपालको तेस्रो विकेट पतन भएको छ। आसिफ शेख ५ रन बनाएर आउट भएका हुन्। नसिम शाहले आसिफलाई आउट गरेका हुन्।
यसअघि पहिलो ओभरमै नेपालले दुई विकेट गुमाएको थियो। पाँचौं बलमा कुशल भुर्तेल ८ रन बनाएर आउट भए भने छैटौं बलमा कप्तान रोहित पौडेल शून्य रनमै आउट भए। दुवैलाई साहिन शाह अफ्रिदीले पेभेलियन फर्काएका हुन् ।

