

नेपाललाई दोस्रो सफलता

काठमाडौं — पाकिस्तानविरुद्धको खेलमा नेपाललाई दोस्रो सफलता हात लागेको छ ।
पाकिस्तानका इमाम उल हकलाई कप्तान रोहित पौडेलले रन आउट गराएका हुन् ।
अहिले पाकिस्तान २५ रनमा २ विकेट गुमाएर खेलिरहेको छ ।
त्यसअघि करणले पाकिस्तानका फकर जमामको पहिलो विकेट लिएका थिए । अहिले पाकिस्तान ६ ओभरमा २५ रन बनाउँदा २ विकेट गुमाएर खेलिरहेको छ ।

