


यस्तो छ दुवै टिमको प्लेइङ-११

काठमाडाैं – एशिया कपमा पाकिस्तानले टस जित्दै ब्याटिङ गर्ने निर्णय गरेको छ ।
मुल्तान स्टेडियममा भएको टसमा पाकिस्तानका कप्तान बाबर आजमले टस जितेर पहिले ब्याटिङ रोजेका हुन् ।
पाकिस्तानको मुल्तानमा नेपाली समयअनुसार सवा ३ बजे सुरु हुने खेलका लागि नेपाली टोलीमा रोहित पौडेल, कुशल भुर्तेल, कुशल मल्ल, आरिफ शेख, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, करन केसी, सन्दीप लामिछाने, सोमपाल कामी, गुल्सन झा र ललित नारायण राजबंशी रहेका छन्।
नेपालले पाकिस्तानसँग र एसिया कप दुवै पहिलो पटक खेल्न लागेको हो । नेपालले पाकिस्तानबाहेक भारतसँग पनि खेल्ने छ।


