
बालेनले दिए नेपाली क्रिकेट टिमलाई शुभकामना
काठमाडौं – काठमाडौ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले नेपाली राष्ट्रिय क्रिकेट टिमलाई सफलताको शुभकामना दिएका छन् । उनले एसिया कपको उद्घाटन खेलमा पाकिस्तानसँग खेल्न लागेकोमा बधाई पनि दिएका छन् ।
टीभीमा सोएब अख्तर, शाहीद अफ्रिदी, बाबर आजम, शाहीन अफ्रिदीहरुको खेल हेरेर रमाइने गरेको स्मरण गर्दै उनले तिनै खेलाडीसँग नेपाली खेलाडीले खेल्दै गरेको सपना आज पूरा हुने पनि उल्लेख गरेका छन् ।
‘विश्वकप विजेताहरुको देश र वरीयतामा उपल्लो क्रममा रहेका खेलाडी भएको टिमले सधैँ रोमाञ्चकता दिन्थ्यो । सोचिन्थ्यो, नेपाली टोलीले पनि यिनै खेलाडीहरु खेल्दा कस्तो हुन्थ्यो ! अफ्रिदीको योर्करलाई भुर्तेलले कसरी सामना गर्थे होलान् ! सोमपालको बलिङमा बाबर आजमले कसरी कभर ड्राइभ हान्छन् होला ! सन्दीपले रिजवानलाइ कसरी स्पिनमा नचाउँछ होलान् !,’ उनले फेसबुकमा लेखेका छन्, ‘यस्ता अविश्वासिला जस्ता लाग्ने कौतुहलता सधैँ मनमा रहन्थ्यो । यो सपना आज केही समयमा पूरा हुँदै छ ।’



कागजपत्र |
