एमसीसीबारे जनतालाई तत्कालीन प्रधानमन्त्रीदेखि परराष्ट्र मन्त्रीसम्मले ढाँटे : ओली


विराटनगर- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहयोग परियोजना एमसीसीका बारेमा तत्कालीन सरकारले जनतालाई ढाँटेको आरोप लगाएका छन् ।

विराटनगर विमानस्थलमा सञ्चारकमीहरूसँग बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । अध्यक्ष ओलीले १२ बुँदे व्याख्यात्मक घोषणा भनेर नेपाली जनतालाई तत्कालीन प्रधानमन्त्रीदेखि परराष्ट्र मन्त्रीसम्मले ढाँटेको आरोप लगाए।

अध्यक्ष ओलीले भने, ‘तत्कालीन सरकारका प्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीले सांसदलाई धोका दिनुभयो, झुट बोल्नुभयो र प्रभाव पारेर पास गराउने गलत बाटो लिनुभयो । पहिला नै पास गर्दा ठीक हुन्छ ? हुँदैन भनेर छलफल गर्नु पर्थ्यो । तर उहाँहरूले केही गर्नु भएन ।’

अध्यक्ष ओलीले प्रधानमन्त्री तथा मन्त्रीको नाम भने लिएनन् । एमसीसी सांसदबाट पास गर्दा शेरबहादुर देउवा प्रधानमन्त्री थिए । १२ बुँदे घोषणा नै झुटको खेती भएको समेत उनको आरोप रहेको छ

प्रतिक्रिया