धोबीखोला किनारमा महानगरको डोजर


काठमाडौं – काठमाडौँ महानगरपालिकाले नगर क्षेत्रमा नक्सा विपरीत बनेका संरचनाहरू भत्काउने कामलाई कायम राखेको छ ।

सोहीअनुसार अनामनगर क्षेत्रको धोबी खोला छेउमा रहेका घरहरूको नक्साविपरीतका संरचनाहरूमा आइतबार महानगरले डोजर चलाएको हो । महानगरले अनामनगर भाटभटेनीको पारिपट्टीको क्षेत्रमा डोजर चलाएको हो ।

मेयर बालेन्द्र शाह महानगरको मेयरमा निर्वाचित भएसँगै महानगरले अवैध संरचना हटाउने कार्यलाई प्राथमिकतामा राखेको छ ।

महानगरले यसअघि काठमाडौँका विभिन्न स्थानमा अवैध संरचना हटाउने अभियान चलाइसकेको छ ।

 

प्रतिक्रिया