टर्कीको अन्टाल्यामा ८ महिनामा एक करोड विदेशी पर्यटक


काठमाडौं – टर्कीको दक्षिणी भूमध्यसागरीय तटमा रहेको प्रमुख पर्यटकीय गन्तव्य अन्टाल्यामा जनवरी १ देखि अगस्ट २२ सम्म एक करोड विदेशी पर्यटकले भ्रमण गरेका छन् ।

एक लाखभन्दा बढी पर्यटक हवाई यात्राबाट आएको तथ्यांक बाहिरिएको हो । स्थानीय संस्कृति तथा पर्यटन अधिकारीहरूले शुक्रबार यसबारेमा जानकारी गराएका थिए ।

अघिल्लो वर्षको तुलनामा जनवरी १ देखि अगस्ट २३ सम्म पर्यटक २० प्रतिशतले बढेका छन् । पर्यटन टर्कीको मुख्य आर्थिक आयस्रोत हो । टर्कीको कुल गार्हस्थ्य उत्पादनमा पर्यटनको १० प्रतिशत योगदान छ । पर्यटनले टर्कीमा १७ लाख मानिसलाई रोजगारी दिएको छ ।

प्रतिक्रिया