

जसपा अध्यक्ष यादव भारत प्रस्थान

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव भारत प्रस्थान गरेका छन् । उनी पारिवारिक कामका सिलसिलामा भारतको केरला जाएका हुन् ।
जसपाका प्रवक्ता मनिषकुमार सुमनका अनुसार अध्यक्ष यादव भारतको नयाँदिल्ली हुँदै केरलाको कोची जानेछ । उनी एक सातापछि स्वदेश फर्किने प्रवक्ता सुमनले बताए ।

