जगेडामा तानिए झलकमान


काठमाडौं — अध्यागमन विभागका महानिर्देशक झलकमान अधिकारीलाई गृहमन्त्रालयले छानबिनका लागि तानेको छ ।

सुन तस्करीमा जोडिएका दावासँगको सम्बन्धको विषय बाहिर आएपछि अधिकारीलाई मन्त्रालयको अतिरिक्त समूहमा ल्याइएको मन्त्रालयले जनाएको छ ।

दावासँगको सम्बन्ध र सुन तस्करीमा उनको संलग्नताबारे अब उनीमाथि जगेडामा राखेर छानबिन हुने बताइएको छ ।

प्रतिक्रिया