प्रधानमन्त्रीविरुद्ध विराटनगरमा विरोध प्रदर्शन


विराटनगर – प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो समूहले विराटनगरमा आयोजना गरेको आमसभास्थल पुग्नासाथ विरोध प्रदर्शन भएको छ ।

प्रधानमन्त्री ओली विराटनगर एयरपोर्टमा झरे लगत आन्दोलनरत नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का विद्यार्थीहरुले एयरपोर्ट मोडमा विरोध प्रदर्शन गरेका छन् ।

आज हुने आफ्नो समूहको शक्ति प्रदर्शन र सभालाई सम्बोधन गर्न प्रधानमन्त्री विराटनगर आएका हुन् । प्रधानमन्त्री आएपछि विराटनगरमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

प्रतिक्रिया