आज भरतपुरका यी स्थानमा दिनैभर विद्युत अवरुद्ध हुने


चितवन – भरतपुरका केही स्थानमा आज दिनभर विद्युत सेवा अवरुद्ध हुने भएको छ।

भरतपुर-माडी-ठोरी हुलाकी सडक अन्तरगत भरतपुरको विकाशचोक देखि सिताराम चोकसम्म विद्युत पोल सार्न लागिएको हुँदा त्यस क्षेत्रमा दिनभर विद्युत सेवा अवरुद्ध हुन लागेको हो। विद्युत दिउँसो १० देखि ५ बजेसम्म अवरुद्ध हुने भरतपुर वितरण केन्द्रका इन्जिनियर राजेन्द्र पौडेलले जानकारी दिए।

११ केभि भृकुटी फिडरको क्यान्सर अस्पतालदेखि दक्षित तर्फ विद्युत सेवा अनियमिता हुने पौडेलले बताए । हाकिम चोकदेखि गितानगर क्षेत्रमा सडक विस्तारको काम भइरहेको छ ।

सडकको मापदण्डमा पर्ने पोल सार्न लागिएको हो। यसबाट ग्राहकमा पर्न जाने असुविधाप्रति नेपाल विद्युत प्राधिकरण क्षमाप्रार्थी रहेको उनले बताए।

प्रतिक्रिया