१ करोड ८८ लाखभन्दा धेरैले जिते कोरोना, २४ घण्टामा १ लाख ३०२ संक्रमणमुक्त


वासिङ्टन  – अमेरिकामा १ करोड ८८ लाखभन्दा धेरैले कोरोना भाइरसको संक्रमणलाई जितेका छन् । पछिल्लो २४ घण्टा १ लाख ३०२ जनाले संक्रणलाई जितेका छन् ।

योसँगै अमेरिकामा संक्रमणमुक्त हुनेको संख्या १ करोड ८८ लाख ३ हजार ७२३ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा २ हजार ४२८ संक्रमितको मृत्यु भएको छ ।

योसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउने संक्रमितको संख्या ५ लाख ७ हजार ७४६ पुगेको छ । त्यहाँ पछिल्लो २४ घण्टामा ७८ हजार ६४० जनामा संक्रमण पुष्टि भएको छ ।

यसअघि २७ मंसिरमा एकैदिन अहिलेसम्मकै धेरै ३ लाख ८६ हजार ६५४ जनामा संक्रमण भएको थियो । पछिल्लो वृद्धिसँगै अमेरिकामा संक्रमितको संख्या २ करोड ८६ लाख नाघेको छ ।

प्रतिक्रिया