देउवा निवासमा कांग्रेस पदाधिकारी बैठक बस्दै


काठमाडौं — नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन्।

निवास धुम्बाराहीमा बस्ने गरी सभापति देउवाले पदाधिकारी बैठक बोलाएको एक नेताले बताए। ‘पदाधिकारीहरू आउने क्रम सुरू भइसकेको छ, केहीबेरमै बैठक बस्छ,’ ती नेताले भने।

सुन प्रकरणमा उच्चस्तरीय समिति बनाउनेबारे मंगलबार बेलुकी सत्ता र प्रतिपक्षका दलहरूबीच सहमति भएको थियो। त्यसको डाफ्ट गर्न कार्यदलसमेत बनेको छ।

सभापति देउवाले यसबारे र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न पदाधिकारी बैठक राखेको जनाइएको छ ।

कांग्रेस संसदीय दलले भने सुन प्रकरण सिआइबीले नै टुंगोमा पुर्‍याउने र उच्चस्तरीय समिति आवश्यक नरहेको निष्कर्ष निकालेको थियो।

प्रतिक्रिया