
कोशीमा विश्वासको मत विभाजन सुरु हुँदै
विराटनगर – कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिने भनेको विश्वासको मतसम्बन्धी प्रस्ताव माथिको मत विभाजन सुरु हुन लागेको छ । अहिले ५ मिनेटका लागि घण्टी बजाइएको छ ।
गत साउन १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थापाले आज विश्वासको मत लिन लागेका हुन् ।
उनलाई सत्ता गठबन्धनको तर्फबाट काँग्रेसका २९, माओवादी केन्द्रका १३, नेकपा ९एकीकृत समाजवादी० का ४ र जनता समाजवादीको १ सांसदको समर्थन रहेको छ ।



कागजपत्र |
