कोशीमा मन्सुरीले सभा चलाउने, मुख्यमन्त्रीलाई विश्वासको मत पनि दिने


विराटनगर – कोशी प्रदेशका मुख्यमन्त्री उद्दव थापाले आजै विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री थापाले विश्वासको मत लिने प्रयोजनले बोलाइएको आजको प्रदेश सभा बैठक नेपाली कांग्रेसका सांसद ईस्राईल मन्सुरीले सञ्चालन गर्ने भएका छन् ।

गठबन्धन दलले बहुमतका लागि सभामुखलाई राजीनामा गराएर मन्त्रीमा नियुक्त गरेपछि सभा सञ्चालनको जिम्मा उपसभामुखको रहेकामा उपसभामुख सृजना दनुवार आजै स्वास्थ्यमा अचनाक समस्या आएको भन्दै बिदामा बसेकी छन् ।

विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभा बैठक बोलाइए पनि सभा सञ्चालन गर्ने उपसभामुख नै अचानक बिरामी भएको पत्र थमाएर काठमाडौं लागेपछि थापाले आज विश्वासको मत लिने नलिने भन्ने अलमल देखिएको थियो । उनले नेपाली कांग्रेसका सांसद ईस्राईल मन्सुरी सभा सञ्चालनको जिम्मा दिएकी छन् ।

प्रदेशसभा बैठक कांग्रेस सांसद ईस्राईल मन्सुरीले सञ्चालन गर्ने भएका छन् । उनले सभाको अध्यक्षता गरेपछि मुख्यमन्त्रीलाई विश्वासको मत दिने भएका छन् ।

प्रतिक्रिया