

ललिता निवास जग्गा प्रकरणः आज अनुसन्धान प्रतिवेदन बुझाउँदै सिआईबी

काठमाडौं — ललिता निवास जग्गा प्रकरणको अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले आज अनुसन्धानको प्रतिवेदन बुझाउने भएको छ।
दुई पूर्वप्रधानमन्त्री माधव नेपाल र बाबुराम भट्टराईसँग बयान लिइसकेपछि सिआईबीले आज सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाउने तयारी गरेको हो । यसअघि आइतबार नै प्रतिवेदन बुझाउने तयारी गरेको सिआईबीले नेपाल र भट्टराईसँग उनीहरुको निवासमै पुगेर बयान लिएको थियो । उनीहरुसँगको बयानपछि सिआईबीले आजै प्रतिवेदन बुझाउने तयारी गरेको हो ।
सिआईबीले अनुसन्धान गर्न पाउने ६० दिनको हदम्याद समाप्त हुन केहीदिन मात्र बाँकी रहेको अवस्थामा सिआईबीले प्रतिवेदन बुझाउने भएको हो ।

