लागूऔषध खैरो हेरोईनसहित ५ जना पक्राउ


काठमाडौं – प्रहरीले कैलालीका विभिन्न स्थानबाट ४ जनालाई प्रतिबन्दित लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थसहित पक्राउ गरेको छ ।

पक्राउ परेकाहरु मध्ये धनगढी उपमहानगरपालिका-१७ बस्ने ३१ वर्षीय पप्पु राना, सोही उपमहानगरपालिका-३ बस्ने १९ वर्षीया करिष्मा छेडालबाट ३ ग्राम ,र सोही उपमहानगरपालिका-१ बस्ने ३० वर्षीय शाहिल नेपाली, उपमहानगरपालिका-७ बेली बस्ने १८ वर्षीय किशोरबाट ३ सय १० मिलिग्राम लागूऔषधसहित प्रहरीले पक्राउ गरेको हो ।

त्यस्तै झापा मेचीनगर नगरपालिका-६ तुर्केनीबाट प्रहरीले ३२ वर्षीय बसन्त राईलाई अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ १ ग्राम ८ सय मिलिग्रामसहित पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थसहित पक्राउ गरेको हो ।

सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया