विश्वासको मत लिने सम्भावना टर्यो, उपसभामुखले संसदीय परम्परालाई तोड्नुभएको छः मुख्यमन्त्री थापा


विराटनगर – कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आज (सोमबार) विश्वासको मत दिने सम्भावना टरेको बताएका छन्।

भदौ ४ गते सोमबार (आज) १ बजे उपसभामुख सृजना दनुवारले विश्वासको मतका लागि समय दिएपनि उनी काठमाडौँतिर लागेपछि विश्वासको मत लिने सम्भावना टरेको थापाले बताएका हुन्।

यसअघि ‘आज विश्वासको मत लिने सम्भावना देखिएन। सरसल्लाह गरेर अर्को दिन निश्चित गर्छौं,’ मुख्यमन्त्री थापाले भने, उपसभामुखले ‘आफैंले तोकेको बैठकमा उपस्थित नहुनु सरासर गलत हो, उहाँले संसदीय परम्परालाई तोड्ने काम गर्नु भएको छ।’

प्रतिक्रिया