संसद अवरुद्ध हुनुमा सरकार र प्रतिपक्ष दुवै दोषी : शेखर कोइराला


काठमाडौं – सत्तारुढ गठबन्धनको प्रमुख घटक नेपाली काँग्रेसका नेता शेखर कोइरालाले संसद बैठक चल्न नदिन सरकार र प्रतिपक्ष दुवै दोषी रहेको बताएका छन्।

आइतवार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले तत्काल संसदको अवरोध हटाउन संयोजनकारी भूमिका निर्वाह गर्न सरकारसँग आग्रहसमेत गरे।

देश र जनताको कुरा भएकाले संसद बैठक छिटोभन्दा छिटो सञ्चालन गराउनुपर्ने उनको भनाई थियो। उनले संसदीय व्यवस्थामा प्रतिपक्षले सरकारलाई गाली गर्ने र सरकारले प्रतिपक्षले काम गर्न दिएन भन्ने कुरा स्वाभाविक भए पनि संसद बैठक भने रोक्न नहुने बताए।

नेता कोइरालाले सदन चलाउने कुरा देश र जनताका लागि आवश्यक भएकाले त्यस्ता कुरामा राजनीतिक दलहरुले अडान लिन नहुने दोहोर्‍याए।

प्रतिक्रिया