उच्चस्तरीय समिति बनाउँदा सीआईबीको अनुसन्धानमा असर पर्छ- प्रधानमन्त्री


काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुन तस्करी प्रकरणको अनुसन्धाननका लागि अहिले नै उच्चस्तरीय छानबिन समिति बनाउन नसकिने बताएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको सर्वदलीय बैठकमा एमालेका मागहरुबारे सुनिसकेपछि उनले साउन ३ गते बरामद भएको साढे ६० केजी सुन प्रकरणको सिआइबीले अनुसन्धान गरिरहेकाले उच्चस्तरिय समिति बनाउन नसकिने बताएका हुन्।

बैठकमा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले सुन तस्करी प्रकरणमा राजनीति र उच्च तहका नेताहरु पनि संलग्न भएको तथ्यहरु आएकाले उच्चस्तरीय समिति चाहिने अडान लिएका थिए।

एमालेले बैठकमा छानबिनका लागि उच्चस्तरीय समिति चाहिने अडान कायमै राखेको प्रमुख सचेतक पदम गिरीले बताए। प्रधानमन्त्रीले सीआईबीले अनुसन्धान सक्न १५ दिनजति लाग्ने बताएको अवस्थामा आफूहरुले कुर्न नसक्ने बताएको जानकारी दिए।

आज बसेको सर्वदलिय बैठक र सभामुखले बोलाएको दलका नेताहरुको बैठकमा सत्ता पक्ष र प्रतिपक्षले आ आफ्नै अडना नछोडेपछि दुबै बैठक विना निष्कर्ष टुङ्गिएको छ ।

प्रतिक्रिया